झापा / सुनको सिक्री लुटेको आरोपमा एक युवक टोखाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका -११ घर भई हाल काठमाडौँ महानगरपालिका -१६ बस्ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।

गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका -८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिँडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको छ ।