बिर्तामोड / झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका -३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आँउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ वर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

OM Sai Pathibhara Hospital

यसै गरी बुधवार बेलुका ७ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाइलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ वर्षीय बद्रि राजवंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।

 यसै गरी बुधवार राती ८ बजे झापाकै दमक नगरपालिका ९ इँटाभट्टा स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साइकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ वर्षीय भीम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो ।

यसरी लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।