काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । 

काठमाडौँ उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन शुरु हुने भएको हो ।

OM Sai Pathibhara Hospital

जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न शुक्रबार बैठक बस्ने समिति सचिवालयले जनाएको छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोपसहित कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभाले २२ फागुनमा संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो । जबरा माथि लागेका अभियोगहरूमा न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियालाई स्थान दिएको र भागबन्डा खोजेको जस्ता आरोप लागेका छन् ।

प्रस्तावमाथि छानबिन गर्न संसद्मा सर्वदलीय समिति बनाएपनि छानबिन प्रक्रिया भने अगाडि बढेको छैन । छानबिन नभए त्यसले संसद्मा निर्णयार्थ प्रवेश नपाउने र जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित नभईकनै उनको कार्यकाल समाप्त हुने सम्भावना देखिन्छ । उनको कार्यकाल करिब चार महिनापछि मङ्सिरमा पूरा हुन लागेको छ ।