समाचार

    Showing 21,051-21,060 of 25,992 items.
  • मनास्लुमा हिमपहिरो जादा पाँच नेपाली बेपत्ता

    झापा / सोमबार बिहान मनास्लु हिमालमा हिमपहिरो जादा ५ जना नेपाली बेपत्ता भएका छन् । हिमाल आरोहणका लागि गएका ५ जना नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  हिमपहिरोमा पुरिएर बेपत्ता हुनेहरूमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जितबहादुर शेर्पा रहेका छन् ।  प्रहरीका अनुसार सोमबार बिहान करिब ११ बजेतिर सो हिमालमा हिमपहिरो खसेको हो ।हिमपहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाइएको छ । सो हिमाल आरोहण गर्न गएका अन्य विदेशी र केही नेपाली सहयोगीहरू भने मनास्लु आधार शिविरमै रहेको जनाइएको छ । उनीहरूको उद्ध

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 102 पटक पढिएको
  • चट्याङ लागेर वीरगञ्जमा एक जनाको मृत्यु

    झापा / पर्साको वीरगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान अन्य २ जना घाइते भएका छन् । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 185 पटक पढिएको
  • हत्या आरोपमा छलमाया पक्राउ

    झापा / ओखलढुङ्गामा शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा जिल्लाको सिद्धिचरण नगरपालिका -८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । धमलालाई सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भई जिल्लाको चिसंखुगढी गाउँपालिका-४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा अध्यापनरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त शिक्षक गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनाल सहितको टोली घटना स्थल पुगेको थियो ।&

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 148 पटक पढिएको
  • चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

    झापा / दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ ।दसैँको समयमा बर्सेनि क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । कतिपय यात्रु यो महिनाको सुरुदेखि नै घर जान थालेका छन् भने यो सङ्ख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 58 पटक पढिएको
  • आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार २०६ पीसीआर परीक्षणमा ४० जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, थप १०० जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३३५ जना निको भएका छन् । नेपालमा हाल एक हजार २२३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 139 पटक पढिएको
  • बिभिन्न मुद्दामा फरार २ प्रतिवादी पक्राउ

    बिर्तामोड / अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको आर आइ टि समुहबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट  ५ महिना २ दिन कैद र ५,००० जरिवाना तोकिएका विराटनगर महानगरपालिका -१५ का ३१ वर्षीय रमेश भन्ने ओम प्रकाश साहलाई आज पक्राउ गरेको हो । यसैगरी लागूऔषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० महिना २३ दिन कैद र ५,००० तोकिएका धरान उप-महानगरपालिका -१६ का ३४ वर्षीय किरण धिमाललाई समेत आजै पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 174 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीमा १ जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरी उप- महानगरपालिका -१७ मा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका-६ का ६० वर्षीय राम प्रसाद रेग्मी रहेको प्रहरीले जनाएको छ ।  आज बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक रामधुनी नगरपालिका-६ का ४१ वर्षीय सुमन रेग्मी घाइते भएका छन् । सोही मोटरसाइकलमा पछाडि राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लैजाने क्रममा ६० वर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको हो । घटना सम्बन्ध

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 122 पटक पढिएको
  • राष्ट्रपतिसँग सर्वोच्चले माग्यो विधेयक प्रमाणीकरण नगर्नुको कारण लिखित जवाफ

    काठमाडौँ  / नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग लिखित जवाफ मागेको हो । इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ।संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् । राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 68 पटक पढिएको
  • झापाको अर्जुनधारामा बिर्तामोडका पोख्रेल मृत फेला

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका -१० कालीझोडा स्थित प्रगति सामुदायिक बनमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड नगरपालिका -४ निवासी  ६३  बर्षिया देवी प्रसाद पोख्रेलको शब आज बिहान घोप्टो परेको अवस्थामा फेला परेको हो । जङ्गल भएर आवतजावत गर्ने स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 435 पटक पढिएको
  • राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

    झापा / नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका हुन् । उक्त रिटहरू फुँयालको इजलासको ८ औं नम्बर मा राखिएको छ। संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.