बिर्तामोड / अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको आर आइ टि समुहबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ महिना २ दिन कैद र ५,००० जरिवाना तोकिएका विराटनगर महानगरपालिका -१५ का ३१ वर्षीय रमेश भन्ने ओम प्रकाश साहलाई आज पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० महिना २३ दिन कैद र ५,००० तोकिएका धरान उप-महानगरपालिका -१६ का ३४ वर्षीय किरण धिमाललाई समेत आजै पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागी जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।