बिर्तामोड / सुनसरीको इटहरी उप- महानगरपालिका -१७ मा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका-६ का ६० वर्षीय राम प्रसाद रेग्मी रहेको प्रहरीले जनाएको छ । 

आज बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक रामधुनी नगरपालिका-६ का ४१ वर्षीय सुमन रेग्मी घाइते भएका छन् । सोही मोटरसाइकलमा पछाडि राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लैजाने क्रममा ६० वर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।