बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका -१० कालीझोडा स्थित प्रगति सामुदायिक बनमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड नगरपालिका -४ निवासी ६३ बर्षिया देवी प्रसाद पोख्रेलको शब आज बिहान घोप्टो परेको अवस्थामा फेला परेको हो ।
जङ्गल भएर आवतजावत गर्ने स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।