समाचार

    Showing 21,041-21,050 of 25,992 items.
  • कोरोना अपडेट : मंगलबार थप ५४ जनामा संक्रमण पुष्टि

    काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालभरमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज  थप ७६ जना संक्रमणमुक्त भएका छन् । 

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 82 पटक पढिएको
  • इलाका प्रहरी कार्यालय बेलबारीको नव निर्मित भवन उद्घाटन

    बिर्तामोड / इलाका प्रहरी कार्यालय बेलबारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले विधिवत रुपमा समुद्घाटन गरेका हुन् ।  भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए ।कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाह

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 126 पटक पढिएको
  • सिलौटा प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमन् पक्राउ

    झापा / धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीया दुलारी सदाको हत्या गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका -६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 78 पटक पढिएको
  • श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

    झापा  / कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ ।कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ ।हरेक दिन बिहान ६ः३० बजेदेखि थालिन

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 116 पटक पढिएको
  • करेन्ट लागेर प्राधिकरणका कर्मचारी मियाको मृत्यु

    सुनसरी / सुनसरीको दुहबीस्थित नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।दुहबी नगरपालिका –३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढीगंगा गाउँपालिका –४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको हो ।सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर मिया घाईते भएका थिए । घाइते मियालाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 115 पटक पढिएको
  • १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङबाट एकजना पक्राउ

    बिर्तामोड / १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ -३ का ५६ वर्षीय शरणबहादुर राई रहेका छन् । शारीरिक रूपमा अशक्त ति किशोरीलाई  बलात्कार गरेको भनी परिवारले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पीडकले आफ्नै खेतमा रहेको टहरोमा लगेर ती युवतीलाई गत शनिबार राति बलात्कार गरेका थिए । पक्राउ परेका राईलाई जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 166 पटक पढिएको
  • सर्वोच्च अदालत दशैँ बिदामा पनि खुला रहने

    झापा / दशैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ ।सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि पूर्णिमासम्म अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने र बन्दी प्रत्यक्षीकरणको रिट मात्र हेरिने सर्वोच्चले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 130 पटक पढिएको
  • मनास्लुको हिमपहिरोमा परी सङ्खुवासभाका राईको मृत्यु, १० को सकुशल उद्धार

    काठमाडौँ / मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरोमा परि बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिमपहिरोमा परि बेपत्ता भएका सङ्खुवासभाका अनुप राईको मृत्यु भएको हो । अन्य १० जनाको भने सकुशल उद्धार गरिएको छ ।राईको शव आधार शिविरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म चारजनाको उद्धार गरिएको थियो । थप ६ जनाको मंगलबार बिहान उद्धार गरिएको हो ।मंगलबार बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरोमा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा श

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 389 पटक पढिएको
  • देशलाई असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

    झापा / राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दशैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् । निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 118 पटक पढिएको
  • विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच बालबालिकाको मृत्यु

    एजेन्सी / रुसको उदमुर्तिया क्षेत्रको विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ बालबालिकाको मृत्यु भएको छ । रुसको पश्चिमी शहर इजेभस्कको एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको रुसी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै सीएनएनले जनाएको छ । रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना बालबालिका छन् । मृतकमध्ये केही आक्रमणकारी हुनसक्ने समाचारमा जनाइएको छ । आक्रमणकारीहरूले बालबालिकामाथि अन्धाधुन्ध गोली चलाएर आफैलाई पनि गोली हानेको हुनसक्ने क्षेत्रीय सरकारका प्रमुख अलेक्ज्याण्डर ब्रेचालोभनले बताए । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.