बिर्तामोड / १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ -३ का ५६ वर्षीय शरणबहादुर राई रहेका छन् । शारीरिक रूपमा अशक्त ति किशोरीलाई  बलात्कार गरेको भनी परिवारले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार पीडकले आफ्नै खेतमा रहेको टहरोमा लगेर ती युवतीलाई गत शनिबार राति बलात्कार गरेका थिए । पक्राउ परेका राईलाई जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरिएको बताइएको छ ।