सुनसरी / सुनसरीको दुहबीस्थित नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
दुहबी नगरपालिका –३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढीगंगा गाउँपालिका –४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर मिया घाईते भएका थिए । घाइते मियालाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।