काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालभरमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज  थप ७६ जना संक्रमणमुक्त भएका छन् ।