एजेन्सी / रुसको उदमुर्तिया क्षेत्रको विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ बालबालिकाको मृत्यु भएको छ । रुसको पश्चिमी शहर इजेभस्कको एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको रुसी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै सीएनएनले जनाएको छ । रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जना बालबालिका छन् ।
मृतकमध्ये केही आक्रमणकारी हुनसक्ने समाचारमा जनाइएको छ । आक्रमणकारीहरूले बालबालिकामाथि अन्धाधुन्ध गोली चलाएर आफैलाई पनि गोली हानेको हुनसक्ने क्षेत्रीय सरकारका प्रमुख अलेक्ज्याण्डर ब्रेचालोभनले बताए । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । ब्रेचालोभनले विद्यालयलाई खाली गराइएको बताए ।