झापा / दशैँ बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ ।

सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि पूर्णिमासम्म अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने बताएको हो । 

OM Sai Pathibhara Hospital

घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने र बन्दी प्रत्यक्षीकरणको रिट मात्र हेरिने सर्वोच्चले जनाएको छ । 

बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।