समाचार

    Showing 20,251-20,260 of 25,990 items.
  • ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैङ्क

    झापा । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते  परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 243 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदलाई प्रचण्डकाे निर्देशन

    झापा । सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन  दिएका छन्।सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि भनेका छन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 304 पटक पढिएको
  • तेह्रथुमको आठराईका अग्नीपीडितलाई राहत प्रदान

    तेह्रथुम -तेह्रथुमको आठराई-६ चुहानडाँडामा यहि फागनु १२ गते भीषण आगलागी भएकाे थियाे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङले अग्नीपीडितहरूलाई राहत प्रदान गर्नुभएकाे हाे।गुरुङले एक कार्यक्रमकाबीच अग्नीपीडितहरुलाई सहयोग गर्नुभएको हो । आगलागीका कारण १४ घर जलेर नष्ट हुँदा ३ करोड बढीको क्षति भएको थियो । तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घर मध्ये ९ वटा घरमा मानिस बस्दै आएका थिए । ५ वटा घर खाली रहेका थिए । आगलागी पीडितहरुको घरमै पुगेर गुरुङले राहत प्रदान गर्नु भएको हो । आफू निर्वाचित भए प्रश्चात पाएको भत्ता बापतको रकमले पीडितहरुलाई सहयोग गरेको बताउनुभयो ।आगलागीबाट ९ परिवारका ४१ जना विस

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 146 पटक पढिएको
  • भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु, अर्का एक घाईते

    झापा- भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिबारअपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकि नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेल घाईते भएका थिए ।घाईते भएका दुबै जनालाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा सरोज भुजेलको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 110 पटक पढिएको
  • मोरङ : पोखरीमा डुब्दा अढाई बर्षीय बालकको ज्यान गयो

    झापा- मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।बिहिबार दिउँँसो पथरी शनिश्चरे-५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्य रहेका छन् । बालक खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 100 पटक पढिएको
  • सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक तोक्यो

    झापा - सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक तोकेको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । सरकारले उनीहरुलाई शुक्रबार उक्त जिम्मेवारी दिएको हो ।तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको उपमहानिर्देशक थिए भने हंशराज एभिएसन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 172 पटक पढिएको
  • बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

    झापा - मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा बसको ठक्करबाट  एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बिहिबार दिउँसो १२ बजे मे. १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा-६ का ३५ बर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल  पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको प्रहरीले जनाएको छ  । ठक्कर दिने बस र  चालक बेलबारी नगरपालिका-११ का  नर बहा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 118 पटक पढिएको
  • मेची पुलबाट ब्राउनसुगरसहित युवायुवती पक्राउ

    झापा- मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.६ गैरीगाउँ बस्ने २० वर्षिया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारी बस्ने ३६ वर्षिय सागर गिरी रहेका छन् । बिहिबार साँझ ६.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।त्यसैगरी  बिहिबार ६.४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ मा भारत

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 122 पटक पढिएको
  • मेची किनारका मुआब्जा पीडितहरुको आन्दोलन चैत ७ गतेसम्मका लागि स्थगन

    झापा - भद्रपुरस्थित मेची किनारका मुआब्जा पीडितहरूले २० दिनका लागि धर्नासहितको सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगन गरेका छन्। ११ दिनदेखि ठप्प भद्रपुर भन्सार कार्यालयको कामकाज मुआब्जा पीडितहरूले आन्दोलनको कार्यक्रम स्थगन गरेसँगै बिहीबारदेखि सुचारु भएको छ।गत फागुन ८ गतेदेखि आन्दोलित उनीहरूले मुआब्जासहितको क्षतिपूर्ति रकम सरकारले तत्काल उपलब्ध नगराएसम्म आन्दोलन कार्यक्रमलाई निरन्तरता दिँदै भन्दै भन्सारको मूल ढोकामै धर्ना दिएर बसेका थिए। देशको राजनीतिक अस्थिरताको कारण सरकार विस्तार प्रक्रियामा केही समस्या देखिएको भन्दै मुआब्जा पीडितहरूको आन्दोलनको कार्यक्रम तत्काललाई स्थगन गराउन नगरपालिका जनप्रतिनिध

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 202 पटक पढिएको
  • दुई हजार किलो सुपारीसहित चौधरी नियन्त्रणमा

    झापा- झापा प्रहरीले दुई हजार किलो सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलो सुपारी फेला परेको थियो ।त्यसका चालक झापाकै दमक नगरपालिका–१ बस्ने २८ वर्षीय मुकेश चौधरीसहितलाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 368 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.