झापा - मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा बसको ठक्करबाट  एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बिहिबार दिउँसो १२ बजे मे. १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा-६ का ३५ बर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल  पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको प्रहरीले जनाएको छ  । ठक्कर दिने बस र  चालक बेलबारी नगरपालिका-११ का  नर बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको  छ ।