झापा- मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।बिहिबार दिउँँसो पथरी शनिश्चरे-५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्य रहेका छन् । बालक खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।






































