समाचार

    Showing 19,671-19,680 of 25,966 items.
  • खेतमा युवकको शव फेला

    सप्तरी  । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो. तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिएका छन । गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ । प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 236 पटक पढिएको
  • आज देशैभरी खोप लगाईदै

    काठमाडौँ । आज बृहत खोप अभियान। खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थावाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ।जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 169 पटक पढिएको
  • भ्रष्टाचारविरोधी सडक आन्दोलनप्रति बालेनको असन्तुष्टि

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भ्रष्टाचारविरोधी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्चालमार्फत मेयर बालेनले यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । शनिबार नागरिक अगुवाहरूको सक्रियतामा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो ।जसमा प्रदर्शनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सांसदहरू पनि सहभागी भएका थिए । उक्त आन्दोललाई मेयर बालेनले यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरे ।भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 194 पटक पढिएको
  • संघीयताबारे पुनर्विचार गर्न नसकिने: नेकपा एमाले

    काठमाडौं  ।  नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने बताएको छ । संघीय संरचना मुलुकले धान्न नसक्ने भन्दै केहि सदस्यहरुले त्यसको विकल्पका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पुनर्विचार हुन नसक्ने स्पष्ट पार्नुभयो ।बैठकले शरणार्थी प्रकरण सहित भ्रष्टाचारका सवै काण्डहरुको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरुलाई रोक्नुपर्ने लगाएत विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटी बैठकले

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 164 पटक पढिएको
  • भारतमा अति शक्तिशाली चक्रवात

    आठमाण्डौ  ।   बंगालको खाडीमा विकसित ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढिरहेको हो ।चक्रवातले छिमेकी मुलुक भारतमा असर गर्न थालिसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । यसले विशेषगरी बंगलादेश र म्यानमारमा असर पारिरहेको उनको भनाई छ । भारतका चेन्नई, बैंग्लोर, भुवनेश्वरी, कोलकात्तालगायत क्षेत्रमा चक्रवातको असर देखिएको छ ।चक्रवातले असर पारेका स्थानमा बादल बन्ने, हावाहुरी आउने र वर्षा हुन्छ। चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने मौसमविद् लामिछानेको भन

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 234 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिल बिहान हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशमा पनि वर्षाको सम्भावना छ।पहाडी इलाकाका १/२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक चक्रवातको प्रभाव भने नेपालमा नपर्ने देखिएको विभागले जनाएको छ। उक्त चक्रवात हाल बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ।अहिले बिहान पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। ग

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 192 पटक पढिएको
  • एयरपोर्ट भन्सारका नासु डिउटीबाटै पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कार्यरत नासुलाई पक्राउ गरेको छ । सुन तस्करी लगायत घटनामा मिलेमतोका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले नासु रेवन्त खड्कालाई पक्राउ गरेको हो ।उनी शनिबार विमानस्थलको आगमनतर्फ डिउटीमा थिए । त्यहीबाट सिआइबी टोलीले उठाएको हो । विदेशबाट सुन ल्याउनेहरुसँग उनको मिलेमतो देखिएको स्रोत बताउँछ ।नक्कली भुटानी शरणार्थी लगायत घटनामा उच्चपदस्थलाई पक्राउ गरेपछि प्रहरीको मनोबल उच्च भएको छ । यसमा प्रहरीले सर्वत्र प्रशंसा पनि कमाइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 202 पटक पढिएको
  • भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौ । भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा उपस्थित भएका थिए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 175 पटक पढिएको
  • सरकार स्थिर नभएकाले छानबिनमा आशंका

    काठमाण्डौ  ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्।शनिवार काठमाडौंको नक्शालमा सुरु भएको काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका छन्। उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भूटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए। उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्ट

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 210 पटक पढिएको
  • मिनी ट्रकबाट १७ बोरा गाँजा बरामद

    धनकुटा । धनकुटा प्रहरीले मुलघाटबाट १७ बोरा गाँजा बरामद गरेको छ । शनिबार बिहान को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको करिब पाँच सय किलो गाँजा बरामद गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । चेक जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने भागेको उनको भनाइ छ । भाग्दै गरेका ट्रक चालकलाई समाउन खोज्दा मुलघाट चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ घाइते भएका छन् । उक्त मिनी ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।फरार चालकको खोजी भइरहेको छ भने बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जनाए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.