समाचार

    Showing 19,571-19,580 of 25,966 items.
  • भारत भ्रमणको उद्देश्य दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउनु हो ; प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताएका छन् ।चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 173 पटक पढिएको
  • दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाह्रखम्बास्थित नेपाली दूतावास पुगेका छन्।प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा आयोजित रात्रिभोजमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड दूतावास पुगेका हुन् ।रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली समुदाय, सञ्चारकर्मीलगायतको सहभागिता छ ।आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री दाहाल होटल मौर्यमा बसेका छन् । दूतावास आउनु अघि प्रधानमन्त्री दाहालले अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रा सँग होटेलमै भेटेका थिए ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 301 पटक पढिएको
  • प्रमाणीकरण भयो नागरिकता विधेयक

    काठमाडौं । अघिल्लो प्रतिनिधिसभाले दुई दुई पटक पारित गरेर प्रमाणिकरणका लागि ततकालिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमणिकरणका लागि पठाएको नागरिकता विद्येयक अन्तत प्रमाणिकरण भएको छ । सरकारको आग्रहमा त्यही विद्येयकलाई अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेका हुन् ।सरकारले मनित्रपरिषद्को बैठकबाटै तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण नगरी त्यक्तिकै थन्काएर राखेकी उक्त विद्ययेक प्रमाणिकरण गर्न राष्ट्रपति पौडेलसाग आग्रह् गर्ने निर्णय गरेको थियो । त्यसपछि आजै बिहान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विद्येयक प्रमणिकरणका बारेमा र आफनो भारत भ्रमणका बारेमा छलफल

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 433 पटक पढिएको
  • अस्पतालहरुमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।मन्त्री बस्नेतले सो काम शुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 277 पटक पढिएको
  • प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् ।भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्न लागेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट प्रचण्ड भारत जाने छन् । प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत जान लागेका हुन् ।भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 189 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका ‍एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 210 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं    ।    हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानम

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 170 पटक पढिएको
  • हेचरीको गोदाममा आगलागीहुदा दुई करोडभन्दा बढीको क्षति

    नवलपरासी   ।   पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १३ सिख्रौलीमा रहेको अविनाश हेचरीको गोदाम घरमा आगलागी भएको छ। गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा सोमबार दिउँसो २ बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।पाठकका अनुसार आगलागीबाट दुई करोड ५० हजार रुपैयाँबराबरको धनमाल जलेर क्षति भएको छ। प्रहरी र स्थानीय वासिन्दाले भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकलको सहायताले साढे तीन बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।आगलागीबाट भएको क्षतिको पूर्ण

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 168 पटक पढिएको
  • गुट्खा र सुर्ती प्लास्टिकमा प्याक गर्न नपाइने

    काठमाडौं । सरकारले गुट्का र सुर्ती प्याक गर्दा प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन् ।महतले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए । हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 413 पटक पढिएको
  • निर्वाचन क्षेत्र बिकासका लागि प्रत्येक सांसद्लाई ५ करोड

    झापा   ।   सरकारले सांसद् विकास कोष पुनः ब्युत्याएको छ। संसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको हो।निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न भन्दै आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।  अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ छुट्याइएको बताए। 

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 271 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.