समाचार

    Showing 18,851-18,860 of 25,945 items.
  • प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

    बिराटनगर   ।   झापाको, झापा गाउँपालिका-१ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट आईतवार राती खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका २ वटा मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागुऔषध सहित बेलवारी नगरपालिका-१० मोरङका २६ बर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र उर्लावारी नगरपालिका-७ मोरङका २७ बर्षीय बिनोद लिम्बुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले लागुऔषध सहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 153 पटक पढिएको
  • काठमाण्डौबाट एक हजार दुई सय २३ किलो पटाकासहित तीन जनालाई पक्राउ

    काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ किलो पटाकासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारतको बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीका अनुसार काठमाडौँ जिल्लामा केही व्यक्तिले गैर

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 220 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 162 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं   ।   आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरूको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।साथै, बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कान

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 115 पटक पढिएको
  • नुवाकोटमा प्रहरी र स्थानीयबीच झडप

    काठमाण्डौ । नुवाकोटमा जग्गा खाली गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । जिल्लाको विदुर नगरपालिका १ इन्द्रायणीचौरमा जग्गा खाली गराउने क्रममा शनिबार दिउँसो झडप भएको हो ।झडपमा प्रहरी अधिकृतसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रहरीले ११ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । भूकम्पले घर भत्काएको र आफूहरू पीडित भएको जनाउँदै नुवाकोट र रसुवाका विभिन्न स्थानका एक सय भन्दा बढी घरपरिवारले इन्द्रायणीचौरमा अस्थायी घर टहरो बनाई बसिहरेका थिए।उनीहरुलाई हटाउने क्रममा विवाद भएको बताइएको छ । झडपमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक रुद्रराज कँडेललाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराज

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 238 पटक पढिएको
  • त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता

    काठमाण्डौ । भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्। वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्। हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 192 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

    काठमाडौँ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ।सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए।गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबील

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 219 पटक पढिएको
  • एमसीसी परियोजना लागू हुन दिनु हुदैन ; सिपी गजुरेल

    काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने बताएको छ । पार्टी नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसद्बाट पास भए पनि आफूहरुले त्यसलाई लागू हुन नदिने बताएका हुन् ।शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा गजुरेलले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।नेता गजुरेलले श्रीलंका सरकारले पनि संसद्बाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 154 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र  बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का द

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 170 पटक पढिएको
  • कपडा र काजु तस्करी गर्ने ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा

    काठमाण्डौ । प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिस लगायत सामान रहेका दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।भारतबाट प्लाष्टिकका दाना ल्याएको भनेर भन्सार कार्यालय प्रवेश गराइएको दुईवटा ट्रक चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि चेकजाँच गर्दा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको हो ।ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.