काठमाण्डौ । नुवाकोटमा जग्गा खाली गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । जिल्लाको विदुर नगरपालिका १ इन्द्रायणीचौरमा जग्गा खाली गराउने क्रममा शनिबार दिउँसो झडप भएको हो ।

झडपमा प्रहरी अधिकृतसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रहरीले ११ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । भूकम्पले घर भत्काएको र आफूहरू पीडित भएको जनाउँदै नुवाकोट र रसुवाका विभिन्न स्थानका एक सय भन्दा बढी घरपरिवारले इन्द्रायणीचौरमा अस्थायी घर टहरो बनाई बसिहरेका थिए।

OM Sai Pathibhara Hospital

उनीहरुलाई हटाउने क्रममा विवाद भएको बताइएको छ । झडपमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक रुद्रराज कँडेललाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ ।

अन्य प्रहरीको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहित पाँच जना पक्राउ परेको बताइएको छ ।