बिराटनगर । झापाको, झापा गाउँपालिका-१ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट आईतवार राती खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका २ वटा मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागुऔषध सहित बेलवारी नगरपालिका-१० मोरङका २६ बर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र उर्लावारी नगरपालिका-७ मोरङका २७ बर्षीय बिनोद लिम्बुलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले लागुऔषध सहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र ३ थान मोवायल बरामद गरेको तथा तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।