समाचार

    Showing 18,681-18,690 of 25,945 items.
  • एनआरएनएको अध्यक्षमा बद्री केसी विजयी, महासचिवमा गौरी

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन्। बिहीबार भएको निर्वाचिनमा केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार केसीले एक हजार ३७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि आरके शर्माले एक हजार २८१ मत पाएका थिए। यस्तै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पारएको निर्वाचन समितिले जानकारी दिएको छ।निर्वाचनको मत परिणाम अनुसार ६ उपाध्यक्षमा डा हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 177 पटक पढिएको
  • राष्ट्रपति पौडेलले दशैँको टीका लगाइदिने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दशैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । शीतल निवासमा दिउँसो २ देखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रिपति कार्यालयले भनेका विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।यसैगरी राष्ट्रपति

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 144 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 202 पटक पढिएको
  • अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

    काठमाण्डौ  ।  गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरू

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 107 पटक पढिएको
  • बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

    काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 130 पटक पढिएको
  • भद्रपुरका योगप्रसादको मोटरसाइकल दुर्घटनामा मृत्यु

    बिर्तामोड   ।   भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी भद्रपुर नगरपालिका-१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन। बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर- ८ स्थित नमुना टोल नजिकै चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते चालक लिम्बुलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 243 पटक पढिएको
  • चावहिलमा राम प्रसादको घरबाट धनमाल चोरी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चावलिह स्थित शान्ति गोरेटोमा राम प्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । राम प्रसादको घरबाट सुनका विभिन्न गहनाहरू,  अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामान चोरी भएको छ । चोरीमा संलग्नहरु फरार छन् । फरार व्यक्तिको खोजी  भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 163 पटक पढिएको
  • सशस्त्र प्रहरीको पम्पबाटै कम परिमाणमा पेट्रोल बिक्री

    काठमाडौं । केन्द्रीय अनुगमन टोलीले आज मात्रै काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।‘उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने दुई वटा पम्प सिल गरेको उपाध्यायले बताएका छन।

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 258 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।   नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति भने सुदू

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 170 पटक पढिएको
  • काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना एक युवतीको मृत्यु, चार जना घाईते

    काठमाण्डौ । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दशैं मनाउन घर जाँदै गरेकी रामेछापकी युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।सो दुर्घटनामा परी घाइते भएकी रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो । आज बिहान पनौती नगरपालिका ५ सुन्दर बस्तिस्थित काठमाडौँबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानले ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाईते भएकी रमिलालाई धुलिखेल अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दशैं मनाउन इलेक्ट्रिक भ्या

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 157 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.