काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन्। बिहीबार भएको निर्वाचिनमा केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार केसीले एक हजार ३७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि आरके शर्माले एक हजार २८१ मत पाएका थिए। यस्तै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पारएको निर्वाचन समितिले जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

निर्वाचनको मत परिणाम अनुसार ६ उपाध्यक्षमा डा हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० र डा विनोद श्रेष्ठ १५६० मत ल्याएर निर्वाचित भएका छन्। यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन्। उनले यसमिन वेगम सैयदलाई पराजित गरेकी हुन्। यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भएका छन्।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए। यस्तै उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० मतका साथ विजयी भएका छन्। यस्तै ६ सचिव पदमा भिम केसी कमल १६७३, डा ज्ञानेन्द्र रेग्मी १७८२, मनोज कुमार श्रेष्ठ २०२४, डा नवराज रोस्यारा १८५३, पारमणी पोखरेल १६५१ र स्वतन्त्र प्रताप शाह १६६६ मतका साथ विजयी भएका छन्।

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका २३२०विजयी भइन्। उननले निकटम प्रतिस्पर्धी विमला सापकोटालाई पराजित गरेकी हुन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरेका छन्। यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलक प्रसाद गैरे २२३२ मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्। यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए।

राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए। अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन्। ५९ देशका ४ हजार २ सयजनाले मतदान गरेका थिए।