काठमाडौं । केन्द्रीय अनुगमन टोलीले आज मात्रै काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।
बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।
‘उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने दुई वटा पम्प सिल गरेको उपाध्यायले बताएका छन। सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा पेट्रोल बिक्री गरिने गरेको पत्ता लागेको छ । कलंकीको श्यामा पम्प पनि सिल गरेका गरि थप अनुसन्धान भैरहेको छ ।
उक्त दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई पेट्रोद बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निश्कर्ष छ ।