काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चावलिह स्थित शान्ति गोरेटोमा राम प्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

OM Sai Pathibhara Hospital

राम प्रसादको घरबाट सुनका विभिन्न गहनाहरू,  अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामान चोरी भएको छ । चोरीमा संलग्नहरु फरार छन् । फरार व्यक्तिको खोजी  भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।