समाचार

    Showing 18,641-18,650 of 25,945 items.
  • कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला

    काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा रहेको भन्दै सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।“हामी यो घटनालाई उच्च मह

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 203 पटक पढिएको
  • आजदेखि कार्यालय खुल्ने, सकियो दसैँ बिदा

    काठमाडौं   ।     सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशी सम्म बिदा दिएको थियो । सरकारले दिएको बडादसैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् ।आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 277 पटक पढिएको
  • इजरेली आक्रमणमा सात हजार बढीको मृत्यु

    काठमाडौँ । अक्टोबर ७ मा इजरेलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरेली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सन् २००५ मा इजरेलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् ।अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरेलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बना

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 222 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।   हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 207 पटक पढिएको
  • दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता युवकको शव फेला

    काठमाण्डौ   ।    रूपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए।दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए ।अजयको शव आज बिहिबार भेटिएको हो । सो दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । सो स्थ

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 138 पटक पढिएको
  • दशैँमा पनि धर्नामा एक परिवार जो १ सय ३२ दिनदेखि न्यायका लागि लड्दै

    काठमाडौं । दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका-८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो । विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रम र मनिसालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भएको छ।दशैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस् । दशैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, "के दशैँ के चाडवा

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 191 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै ठाउँमा मौसम सफा रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।आज दिउसो बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक-दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।बेलुका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने  विभागले जनाएको  छ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 199 पटक पढिएको
  • यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल ठोक्किदा १२ जना घाइते

    काठमाण्डौ  ।   गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिकै यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल ठोक्किएको छ। बुधबार तीन वटा सवारी ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल उछिट्टिएर काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोकिन पुगेको हो।दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गागाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र प

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 143 पटक पढिएको
  • इजरायलको आक्रमणमा परी गाजामा मृत्यु हुनेकाे संख्या ५७ सय नाघ्याे

    एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणमा पाँच हजार सात सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् ।गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरेल हवाई हमलामा पाँच हजार सात सय भन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ । यता हमासको आक्रमणमा एक हजार ४०० भन्दा बढी इजरेल नागरिकको मृत्यु भएको छ ।विश्व स्वास्थ्य सङ्गठनले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ । अर्कोतर्फ, इजरेल सेनाले गाजामा केही पर्चाहरू खसालेको छ । जसमा आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहना भए बन्धकहरूको बारेमा जानकारी दिन भनिएको छ ।डब्ल्यूएचओका अनुसार, हजार

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 166 पटक पढिएको
  • हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन

    काठमाण्डौ  ।   मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । मनाङ एयरले विज्ञप्ति जारी गर्दै चिकित्सकको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ । मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।    सेढाईंले चलाएको हेलिकोप्टर गएको २७ असोजमा सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका ला

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.