काठमाडौँ ।  आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै ठाउँमा मौसम सफा रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।

आज दिउसो बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक-दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

OM Sai Pathibhara Hospital

बेलुका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने  विभागले जनाएको  छ।