काठमाण्डौ  ।   मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । 

मनाङ एयरले विज्ञप्ति जारी गर्दै चिकित्सकको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ । मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।    

OM Sai Pathibhara Hospital

सेढाईंले चलाएको हेलिकोप्टर गएको २७ असोजमा सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए । 

उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन् ।