समाचार

    Showing 18,591-18,600 of 25,945 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।शनिबार देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।आइतबार पनि देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 173 पटक पढिएको
  • बाघको आक्रमणबाट महिलाको मृत्यु

    काठमाण्डौ   ।   बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउनेक्रममा आज( शुक्रबार) बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए ।डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 262 पटक पढिएको
  • हात्तीको दाह्रासहित दुई जना अर्जुनधाराबाट पक्राउ

    झापा  ।   हात्तीको दाह्रासहित दुई जनालाई प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।अर्जुनधारा ७ जरुवा टोल निवासी ४७ वर्षीय तिखवहादुर विश्वकर्मा र सोही ठाउँका ५० वर्षीय सावा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।सात इञ्च लम्वाई , १२ इञ्च गोलाई भएको एक केजी ७९० ग्रामको दाह्रा सहित उनीहरुलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 254 पटक पढिएको
  • गाउँपालिकामा भ्रस्टचार अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद

    झापा  ।  झापाको झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद सजाय भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो ।गाउँपालिका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ । आर्थिक वर्ष २०७

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 287 पटक पढिएको
  • सेनाले माग्यो २२९ सेकेन्ड लेफ्टिनेन्टका लागि दरखास्त आह्वान

    काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 185 पटक पढिएको
  • प्रतिनिधिसभा संसदको चालु अधिवेशन अन्त्य

    काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । बिहीबारको बैठकमा सो सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराएका थिए ।बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गरेका थिए ।यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 174 पटक पढिएको
  • चिनीको कालोबजारी गरेको थाहा पाए नेपाल प्रहरिलाइ खबर गरौँ

    काठमाडौं  /  नेपाल प्रहरीले चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए त्यसको सूचना दिन आग्रह गरेको छ।प्रहरीले एक सूचना जारी गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएकाले आफ्ना सम्पूर्ण इकाइहरूलाई सक्रिय परिचालन गरिएको जनाएको छ।अझै पनि बजारमा कहीँ कतै कसैले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा यथाशीघ्र सूचना गराई कानुन कार्यान्वयन गर्न गराउन नेपाल प्रहरिले   आवहान गरेको छ |

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 169 पटक पढिएको
  • इजरायल-हमास द्वन्द्व; गाजामा ९ हजारभन्दा बढीको मृत्यु

    एजेन्शि । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्ख्या ३२ हजार नाघेको जानकारी दिए । इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए ।गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायल

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 107 पटक पढिएको
  • नेपाल प्रहरीद्वारा १० क्विन्टल चिनी बरामद

    काठमाण्डौ   ।    अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।पूर्वका विभिन्न जिल्लाबाट बीपी राजमार्ग भई काठमाडौं भित्रिने सवारी जाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अवैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।बिहीबार बिहान १० देखि बेलुकी साढे ४ बजेसम्म गरिएको जाँचमा विभिन्न स्थानबाट ल्याइए

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 162 पटक पढिएको
  • काठमाण्डौमा बाह्र हजार चालक कारबाही

    काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ ।प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो ।कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.