काठमाण्डौ   ।    अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


पूर्वका विभिन्न जिल्लाबाट बीपी राजमार्ग भई काठमाडौं भित्रिने सवारी जाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अवैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

OM Sai Pathibhara Hospital


बिहीबार बिहान १० देखि बेलुकी साढे ४ बजेसम्म गरिएको जाँचमा विभिन्न स्थानबाट ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको डीएसपी श्रेष्ठले बताए ।

बरामद गरिएको चिनी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।