काठमाण्डौ   ।   बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउनेक्रममा आज( शुक्रबार) बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए ।

OM Sai Pathibhara Hospital

डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ ।