झापा  ।   हात्तीको दाह्रासहित दुई जनालाई प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।

अर्जुनधारा ७ जरुवा टोल निवासी ४७ वर्षीय तिखवहादुर विश्वकर्मा र सोही ठाउँका ५० वर्षीय सावा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

सात इञ्च लम्वाई , १२ इञ्च गोलाई भएको एक केजी ७९० ग्रामको दाह्रा सहित उनीहरुलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।