समाचार

    Showing 18,521-18,530 of 25,945 items.
  • विप्लवले दिए प्रधानमन्त्रीलाई चेतावनी जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

    काठमाडौँ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।  सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन।उनले सामाजिक सञ्जालको प्रतिबन्ध गर्नु निरंकुश व्यवस्थाको चरित्र भएको बताए। उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने जिकिर गरे। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।महासचिव चन्दले देश बचाउने

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 335 पटक पढिएको
  • झारखण्डमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

    एजेन्शी   ।   भारतको झारखण्ड राज्यको गिरिडीह जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा ५ जनाको ज्यान गएको छ । दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा दुर्घटना भएको हो।तीव्र गतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएर  दुर्घटना भएको हो ।यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको  गिरिडीह जिल्ला प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 178 पटक पढिएको
  • लप्सीफेदिमा प्रहरीमाथि आक्रमण, १४ जना पक्राउ

    काठमाडौं   ।    शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थि

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 201 पटक पढिएको
  • भिषण आगलागी एक मेडिकलसहित ८ पसलमा क्षति

    काठमाण्डौ । कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ । आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको सो आगलागी अहिले पूर्णरुपमा निभाईएको छ, जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 168 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।  जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 171 पटक पढिएको
  • माओवादी नेता बर्तौलालाई खुकुरी प्रहार गर्ने इलामबाट पक्राउ

    काठमाडौं । माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  कात्तिक  २२ मा बानेश्वरमा बर्तौलामाथि खुकुरी प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको छ ।पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् । माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 468 पटक पढिएको
  • टिकटक प्रतिबन्धविरुद्धको रिटमा पेशीको सोमबार सुनवाइ

    काठमाडौं   । टिकटकमाथि लगाइएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, लगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको हो ।सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको छ । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ । शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 180 पटक पढिएको
  • टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएकाे पत्र

    काठमाडौँ   ।  नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् ।यही कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएकाे भन्दै सरकार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेकाे थियाे । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो । टिकटकले नेपाल सरकारकाे निर्णयप्रति आश्चर्य व्य

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 209 पटक पढिएको
  • टिकटक बन्दविरुद्ध सर्वाेच्चमा ५ वटा रिट

    काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता स्वागत नेपाल, दिनेश त्रिपाठीले आज सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् । योसँगै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पेस भएका छन् ।सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्द गर्ने निर्णयविरुद्ध पेस भएका रिटहरु अध्ययनका क्रममा रहेका छन् । उनले अध्ययनपछि रिट दर्ता हुने वा नहुने भन्ने सम्बन्धमा निर्णय हुनेछ । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेस

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 305 पटक पढिएको
  • गैरकानुनी एपबाट टिकटक चलाए कारबाही

    काठमाडौं  ।   सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको सरकारको ठम्याइ थियो।तर, सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन्। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 256 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.