एजेन्शी   ।   भारतको झारखण्ड राज्यको गिरिडीह जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा ५ जनाको ज्यान गएको छ । दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा दुर्घटना भएको हो।

तीव्र गतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएर  दुर्घटना भएको हो ।

OM Sai Pathibhara Hospital

यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको  गिरिडीह जिल्ला प्रहरीले बताएको छ ।