काठमाडौँ   ।  नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् ।

यही कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएकाे भन्दै सरकार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेकाे थियाे । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो । टिकटकले नेपाल सरकारकाे निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेकाे छ ।

OM Sai Pathibhara Hospital

नेपालमा टिकटक सञ्चालनका लागि गरेकाे केही प्रयासहरूबारे पनि प्राधिकरणलाई पठाएकाे पत्रमा उल्लेख छ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय आफूसँग नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको कम्पनीले जनाएकाे छ । ‘प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टकाे समस्या पहिचान गर्न टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध छ’, पत्रमा भनिएकाे छ।FB_IMG_1700194996963

FB_IMG_1700194999784