काठमाडौँ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।  सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन।

उनले सामाजिक सञ्जालको प्रतिबन्ध गर्नु निरंकुश व्यवस्थाको चरित्र भएको बताए। उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने जिकिर गरे। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।

OM Sai Pathibhara Hospital

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे। उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताए। उनले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभनुपर्ने बताए।