समाचार

    Showing 18,471-18,480 of 25,945 items.
  • प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाण्डौ   ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेकामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोइराला र सवइन्जिनियर सुमन श्रेष्ठ, कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका अध

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • 183 पटक पढिएको
  • नेपाल प्रहरीका १५ एसएसपीको सरुवा र ५ को पदस्थापन

    काठमाडौं । सरकारले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। बिहीवारको गृहमन्त्रीस्तरीय निर्णयले १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा तथा हालै बढुवा भएका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापन पनि गरेको छ।हेर्नुहोस् सरुवा सूची:  हेर्नुहोस् पदस्थापन सूची:

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • 215 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • 176 पटक पढिएको
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो छ; महेस पस्नेत

    काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका छन्। बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका हुन्।उनले युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण रहने पनि दाबी गरेका छन्। नेपाल प्रहरीसँग समन्वयमा कार्यक्रम गरेको हुँदा सरकारले लगाएको निषेधाज्ञा पनि नतोड्ने उनको भनाई छ। बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आलोचना समेत गरेका छन्।नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।प्रदर्शनमा नेकपा ए

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 125 पटक पढिएको
  • काठमाडौँ भोलिबाट बन्दको घोषणा

    काठमाण्डौ  ।   व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन्‌।राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं समुहले भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्दाको चेतावनी दिएको छ । बल्खुमा आफनो कार्यक्रममाथी प्रहरी दमन भएको र त्यसको विरोधमा भोलि देखि अनिश्चितकालिन रुपमा काठमाडौं बन्द गर्ने निर्णयमा आफुहरु पुगेको प्रसाईंको अभियानका सहप्रवक्ता समेत रहेका राजानन्द माण्डब्यले जानकारी दिए ।राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृत

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 55 पटक पढिएको
  • दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्दै

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।प्रसाईंले आज बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।  करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने समर्थकहरूले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 323 पटक पढिएको
  • यो जनविद्रोहले सङ्घीयता हटाउछ; दुर्गा प्रसाईँ

    काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभई जनविद्रोह भएको बताएका छन् । ललितपुरको बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे ।‘हाम्रो युवाहरू बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चाहान्छु, यो सङ्घीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाईले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेर

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 377 पटक पढिएको
  • बल्खुमा फेरि भिडन्त, प्रहरीले अश्रु ग्यास र प्लाष्टिकका गोली हान्दा दर्जनौ घाईते

    काठमाडौं  ।   बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 677 पटक पढिएको
  • बल्खुमा दुर्गा प्रसाईंको प्रदर्शन

    काठमाण्डौ   ।    मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा जारी छ । प्रसाईं नेतृत्वको अभियाले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गरिरहेको छ। काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा ठाउँ ठाउँबाट आएका जुलुस भेला हुने क्रम जारी छ ।  

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 397 पटक पढिएको
  • ज्ञानेन्द्र पुगे दुर्गा प्रसाईंको कार्यक्रममा

    काठमाण्डौ  ।   मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् ।प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्नेछन् ।जिल्ला प्रशासन कार्यालयले प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थान तोकिदिएको छ । प्रसाईं समूहको कार्यक्रमलाई काउन्टर दिन एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियुले पनि संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । युवा संघ र अनेर

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 449 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.