काठमाण्डौ  ।   मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् ।Screenshot_2023_1123_144948

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्नेछन् ।Screenshot_2023_1123_143647 1

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालयले प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थान तोकिदिएको छ । प्रसाईं समूहको कार्यक्रमलाई काउन्टर दिन एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियुले पनि संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । युवा संघ र अनेरास्ववियुलाई प्रशासनले कार्यक्रम गर्न तीनकुने क्षेत्र तोकिएको छ ।

प्रदर्शनका क्रममा बल्खुमा यसअघि प्रसाईं समूहका कार्यकर्ता र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।Screenshot_2023_1123_143501