काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका छन्। बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका हुन्।

उनले युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण रहने पनि दाबी गरेका छन्। नेपाल प्रहरीसँग समन्वयमा कार्यक्रम गरेको हुँदा सरकारले लगाएको निषेधाज्ञा पनि नतोड्ने उनको भनाई छ। बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आलोचना समेत गरेका छन्।

OM Sai Pathibhara Hospital

नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर बिरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र बिरोधीहरु होशियार लगायतका प्लोकार्ड र ब्यानर बोकेर बिरोध जनाएका छन् ।

तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले आफ्नो यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए।

उनले भने,‘हामीले भनेका थियौ हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईँको कुकुरको जस्तो लम्पसार पर्छ भनेर। मान्छेले पत्याएका थिएनन्। आज हावा फुस्केको छ। भोलिदेखिठिक ठाउँमा बस। हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरे। आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी उनले दिए।

उनले भने,‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु। तपाई सच्चिनु भएन भने तपाईको ३२ सिटे पार्टी र तपाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनु भयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो। त्यो तागत युवा विद्यार्थीसँग छ। एमालेसँग छ।’