काठमाण्डौ  ।   व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन्‌।

राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं समुहले भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्दाको चेतावनी दिएको छ । बल्खुमा आफनो कार्यक्रममाथी प्रहरी दमन भएको र त्यसको विरोधमा भोलि देखि अनिश्चितकालिन रुपमा काठमाडौं बन्द गर्ने निर्णयमा आफुहरु पुगेको प्रसाईंको अभियानका सहप्रवक्ता समेत रहेका राजानन्द माण्डब्यले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नाममा प्रसाईंले आज काठमाडौंमा शक्ति प्रर्दशन गरेका छन् । काठमाडौंका विभिन्न आठ स्थानबाट निकालेको जुलुश र रयाली बल्खुमा पुगेर भेलामा परिणत भएको थियो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो।

त्यसक्रममा त्यहाँ प्रहरी र प्रर्दशनकारीका बीच्मा झड्प भएको थियो । झडपमा परी १३ जना आफुहरुको घाइते भएको र एक् जना ६० वर्षको बृद्दको अबस्था गम्भिर रहेको प्रसाईको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डब्यले जानकारी दिए । सहप्रवक्ता भनेका छन प्रहरी दमनको विरोधमा हामी भोलि देखि अनिश्चितकालिन काठमाडौं बन्द गछौं ।

प्रसाईले शान्तीपुर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप  गरेपछी  भोलि देखिन काठमाडौँ बन्द गर्ने बताएका छ्न !