समाचार

    Showing 18,431-18,440 of 25,945 items.
  • श्रीनिवास आचार्यसहित ८ जनालाई थुनामा राख्न अदालतले दियो अनुमति

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ८ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको परिसर प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन।दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरूद्ध म्याद थप भएको छ।निकेश बाँस्तोला, सुजन खड्‍का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरूङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो।उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार मुद्दामा म्याद थप भएको प्रहरीले जनाएको छ।अदालतले श्रीनिवास, मनोज, व

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 259 पटक पढिएको
  • काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्रीबितरण गर्न पुर्ण निषेध

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो ।कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार ९चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफ

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 179 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको दशलाख रुपैया सहित एक पक्राउ

     काठमाण्डौ । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।बिरगन्ज महानगर पालिका-१६ भन्सार रोड स्थित नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज बाट खटिएको  सयूक्त टोलीले भारत बाट  नेपाल तर्फ आउदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतिय नागरिकलाई चेकजाँच गर्ने क्रममा  हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया १०,००,०००।-(दश लाख) सहित पक्राउ गरेको छ।आवश्यक कारबाहीको लागि  बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 188 पटक पढिएको
  • प्रधानमन्त्री दाहाल आज यूएई जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जाने भएका हुन् ।परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । कोप–२८ को २८औं सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुनेछ ।प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।प

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 226 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काडमाडौं    ।   हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 203 पटक पढिएको
  • भूकम्पको धक्का महसुस

    काठमाण्डौ    ।   काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। फेरि अर्को भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको  ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 187 पटक पढिएको
  • घुस रकमसहित सई अख्तियारले पक्राउ

    काठमाडौं  ।  बर्दियाबाट नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) घुससहित पक्राउ परेका छन्।बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन  साउद घुससहित पक्राउ परेका हुन्।लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीबाट ३० हजार रूपैयाँ घुस लिने क्रममा साउद पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 244 पटक पढिएको
  • देश भरिका सबै कारागारमा योग शिविर

    काठमाडौँ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो।एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अ

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 281 पटक पढिएको
  • दुर्गा प्रसाईँलाई काठमाडौँ पस्न रोक

    काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ आज आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको छ । प्रसाइलाइ काठमाण्डौ पस्न प्रहरिले रोक लगाएको छ।

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 425 पटक पढिएको
  • राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानता श्रीनिवासलाई मुद्दा चलाउने तयारी

    काठमाडौँ । दुर्गा प्रसाईँ सम्योजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान अन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियन्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।प्रहरीले सोमबार राष्ट्र, राष्ट्रियत

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 301 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.