काठमाडौँ । दुर्गा प्रसाईँ सम्योजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान अन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।

उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियन्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।

OM Sai Pathibhara Hospital

प्रहरीले सोमबार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । त्यसअघि बल्खु प्रदर्शनमा पक्राउ परेका ६ जना पनि प्रहरी हिरासतमा छन् ।