काठमाडौं  ।  बर्दियाबाट नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) घुससहित पक्राउ परेका छन्।

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन  साउद घुससहित पक्राउ परेका हुन्।

OM Sai Pathibhara Hospital

लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीबाट ३० हजार रूपैयाँ घुस लिने क्रममा साउद पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।