काठमाण्डौ । सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

बिरगन्ज महानगर पालिका-१६ भन्सार रोड स्थित नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज बाट खटिएको  सयूक्त टोलीले भारत बाट  नेपाल तर्फ आउदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतिय नागरिकलाई चेकजाँच गर्ने क्रममा  हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया १०,००,०००।-(दश लाख) सहित पक्राउ गरेको छ।

आवश्यक कारबाहीको लागि  बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।