समाचार

    Showing 18,421-18,430 of 25,945 items.
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ।सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 287 पटक पढिएको
  • नेपाल भारत मैत्री सास्कृतिक संगम बृन्दावनमा आयोजना हुने

    झापा   ।     नेपाल भारत मैत्री संगठनको आयोजनामा तीन दिवसीय ब्दितीय अंतर्राष्ट्रीय सास्कृतिक संगम पौषको   तृतीय सप्ताहमा भारतको बृन्दावनमा हुने भएको छ l  कार्यक्रममा नेपाल भारतका पांच सय भन्दा बढिंको संख्यामा सहभागी हुने उक्त अंतर्रार्ष्ट्रीय सास्कृतिक संगम भव्य रुपले मनाउन आवश्यक तैयारी सुरु भएको जानकारी सांगठनकी नेपाल प्रभारी अर्चना सिंहले दिइन lनेपाल भारत मैत्री संगठनका अंतर्राष्ट्रीय अध्यक्ष अनूप कुमार सिंह ब्दारा भारतको नया दिल्लीमा सम्पन्न एक औपचारिक कार्यक्रमका बीच लोगो सर्वाजनिक गरिएको छ lसो लोगोमा दुबै देशका राष्ट्रिय ध्वजा सहित " देश भेष भाषा अन

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 238 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । &

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • 185 पटक पढिएको
  • युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

    काठमाण्डौ । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताएका छन ।उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।कुटपिटको घटनामा संलग्न भए

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 191 पटक पढिएको
  • देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन्; बालेन

    काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको जस्तो ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ ।बुधबार राति उनले फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर देश बन्ने ठोकुवा गरेका छन् ।मेयर शाहले लेखेका छन्–

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 236 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रहनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति बागमती,  गण्डकी,

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 204 पटक पढिएको
  • एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

    काठमाडौं ।  आर्थिक चुनौतीलाई देखाउँदै आजीआटाले (NCELL)गर्‍यो नेपालबाट बाहिरिने घोषणा, मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालको टेलिकम क्षेत्रको अवस्था बदलिएको भन्दै आजियाटाको हालैको बोर्ड बैठकले बाहिरिने निर्णय गरेको हो ।एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलमा आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ ।एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ ।आजियाटाको लगानी रहेको ग्रुपको आम्दानी उक्त वर्षमा समग्रमा १३ प्रतिशतले बढ्दा एनसेलको भने ७ प्रतिशतले घ

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 262 पटक पढिएको
  • केन्द्रीय बैंकले कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ

    काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।बुधवार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको हो।केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ ।सो सूचना अवधिपश्चात मात्र जमानत दातालाई कालोसूचीमा

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 223 पटक पढिएको
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ९ बजे बस्न लागेको हो ।आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बारे केही निर्णयसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सचिवालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।बैठकले सचिव बढुवा तथा पदस्थापन र सरुवासमेत गर्न सक्ने बुझिएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 180 पटक पढिएको
  • पृथ्वीराज मार्ग अन्तर्गत झिसमिसे दमौली नजिकै बस दुर्घटना

    काठमाण्डौ   ।    धरानबाट पोखरा जादै गरेको ग १ ख ७८९५ नम्वरको बस पृथ्वीराज मार्ग अन्तर्गत बुधबार बिहान झिसमिसेमा दमौली नजिकै ब्यास १२ घासिकुवामा दुर्घटना भएको छ ।  ३६ जना घाईते भएका मध्धे केहिको अवस्था गर्भिर रहेको छ।धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.