काठमाडौं ।  आर्थिक चुनौतीलाई देखाउँदै आजीआटाले (NCELL)गर्‍यो नेपालबाट बाहिरिने घोषणा, मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालको टेलिकम क्षेत्रको अवस्था बदलिएको भन्दै आजियाटाको हालैको बोर्ड बैठकले बाहिरिने निर्णय गरेको हो ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलमा आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ ।

OM Sai Pathibhara Hospital

एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ ।आजियाटाको लगानी रहेको ग्रुपको आम्दानी उक्त वर्षमा समग्रमा १३ प्रतिशतले बढ्दा एनसेलको भने ७ प्रतिशतले घटेको उल्लेख गरेको छ ।

यस्तै सन् २०२२ मा एनसेलले ११ करोड ७० लाख मलेसियन रिंगिट नाफा आर्जन गर्दा २०२३ मा उक्त नाफा घटेर ३ करोड ४० लाख रिंगिटमा झरेको आजियाटाको विवरणमा उल्लेख छ।

आजियाटा समूह २०७२ चैत ३० मा एनसेल प्रवेश गरेको थियो। आजियाटा एनसेलमा प्रवेश गर्ने वर्ष २०७२/७३ मा एनसेलले ५७ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको नियामक नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकले देखाउँछ। पछिल्लो वित्तीय अवस्था हेर्ने हो भने आव २०७९/८० मा एनसेलको कारोबार घटेर ३७ अर्ब ४४ करोड रुपैयाँमा आएको छ।

तर ८०% विदेशी लगानी रहेको एनसेलले सेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको छ । विदेशी लगानीकर्ता यसरी हतोत्साहित हुनु शुभ लक्षण होईन ।