आज भारतमा ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो ।बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।
सप्तरीमा ऋण तिर्न नसकेर मानसिक तनावले एकजनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय रामदेव मरिक घरभन्दा करिब ३ सय मिटर रहेको आँपको रुपमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेवले समयमा सो वित्तीय संस्थाको किस्ता तिर्न नसकेपछि पटक पटकको ताकेताले तनावमा थिए । तनाव सहन नसकी उनी आत्महत्या गर्न बाध्य भएको स्थानीयहरुको भनाइ छ । सोमबार राति खाना खाएर सुतेका उनी मंगलबार घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुण्डिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत वैश
मंगलबार इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाहको प्रयास गरे । व्यवसायी समेत रहेका आचार्यले शरिरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । नेपाल प्रहरीले लगत्तै अस्पताल लिएर उपचार गर्दा उनलाई बुधबार स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरे । व्यवसाय डुबेर बैंकको ऋणको जञ्जालमा परेपछि आफुले आत्महत्या गर्नु परेको विषय उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । अहिले उनको आत्मदाहको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।गत मंसिरमा पनि सिरहाका एक जना व्यवसायीले बैंकले चर्को ब्याज लिएको र आफ्नो व्यवसायले थेग्न नसकेको भन्दै आत्महत्या गरे । सिरहा गोलबाजारमा व्यापार गर्दै आएका पप्पु महास
नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाका विशेष सल्लाहकार तथा रणनीतिकार उद्योगी पशुपति मुरारकालाई दिइएको विभूषण रद्ध गर्ने प्रक्रिया सुरु भएको छ । एफएनसीसीआईमा अध्यक्ष शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने विशेष भूमिका उद्योगी पशुपति मुरारकाले निर्वाह गरेका थिए । मुरारका विवादित उद्योगपति हुन् ।एफएनसीसीआईका पूर्व अध्यक्ष समेत रहेका मुरारका विरुद्ध खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धा विचाराधीन अवस्थामा छ । उनी खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक हुन् ।उनले लामो समयदेखि खान
जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ। मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् ।स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् । ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी
सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निणर्य गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो । यसबारेमा थप छानविनको जिम्मेवारी गृहमन्त्रालयलाई दिईएको मन्त्री रवि लामिछानेले बताए।प्रधानमन्त्री पुष्पकमल दाहालको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए ।उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा लगेको थियो । तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो । उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपर
नेपाल प्रहरीको सरुवा सेटिङकै कारण अवरुद्ध हुन पुगेको खबर बाहिरिएको छ । डिआइजी र एसएसपी सरुवामा गृहमन्त्री लामिछानेले ठूलो चासो राखेका थिएनन् । तर एसपी र डिएसपी सरुवामा गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच टक्कर पर्न थालेको स्रोत बताउँछ ।एसपीसम्मको सरुवा अधिकार आइजिपीलाई भए पनि विगतका मन्त्रीजस्तै गृहमन्त्रीले हस्तक्षेप गर्न थालिसकेका छन् । प्रहरी अधिकारी पनि गृहमन्त्री निकट बिचौलियालाई भेटेर सरुवामा चलखेल गरिरहेका छन् । गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ ।सुन
हिँजो बानेश्वर संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भए पछि आज झापा बिर्तामोडका एक युवा माधब झा अनसनमा बसेका छन्। बैंक तथा वित्तीय संस्थाको कारण आत्माहत्या गर्ने बनाउने कर्मचारीहरूलाई छानबिन गरी कारबाही गरियोस भनेर नारा सहित उनी अनसन बसेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्।नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिको जिम्मेवारीमा राज्य चुकेको बताएका हुन्।सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेक
सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.