काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् । समृद्धिका लागि पदयात्राअन्तर्गत बिहीबार पर्वतमा आयोजित कार्यक्रममा उनले केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो टिप्पणी गरेका हुन । नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने  पहिचानवादिले सिकाउन आवश्यक नरहेको ओलिले बताएका छन।

पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन् । अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्त्वहरू, वितण्डा मच्चाउनलाई ठूलो तत्त्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्त्वहरू लागिपरेको ओलिले बताएका छन।

OM Sai Pathibhara Hospital

ओलिले थपे, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने खालका आतङ्ककारी कुराहरू हामीले धेरै देखेका छौँ । यस्तो फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनास गर्छ ।’