काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आगामी पुस तेस्रो साता नेपाल आउने भएका छन् ।नेपाल–भारत विदेशमन्त्रीयस्तरीय संयन्त्रको बैठकका लागि विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन् ।

उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

उनको नेपाल भ्रमणबारे औपचारिक जानकारी भने दिइएको छैन । तर, परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालय संयन्त्रको बैठकको तयारीमा जुटिसकेको बुझिएको छ।भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरुले बताएका छन् ।