काठमाडौँ । विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएका छ ।

उनीहरूलाई कीर्तिपुर वर्न सेन्टर पुर्‍याइएको छ । उक्त आगलागीमा २ जनाको मृत्यु भइसकेको छ भने दुई जना गम्भीर घाइते छन् । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौँ ल्याएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ ।

OM Sai Pathibhara Hospital

आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको हो ।